दफा २८
सञ्चालक समितिको अधिकार
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको विनियमका अधीनमा रही कोषको सम्पूर्ण कारोबारको प्रबन्ध गर्नु, अधिकारहरुको प्रयोग तथा कर्तव्यहरुको पालना गर्नु र कोषको सामान्य प्रशासनको सञ्चालन, निर्देशन, रेखदेख र नियन्त्रण गर्नु समितिको कर्तव्य हुनेछ ।
(२) समितिले आफूले प्रयोग गर्न पाउने अधिकारहरू मध्ये सबै वा केही अधिकारहरू कुनै सञ्चालक, उप–समिति, कार्यकारी निर्देशक वा कोषको कुनै अधिकृत कर्मचारीलाई सुम्पन सक्नेछ ।